काठमाण्डु, २८ असोज – संवैधानिक राजतन्त्र र हिन्दुराज्य कायम हुनुपर्ने पक्षमा रहेको राप्रपा नेपालले अदालतबाट भ्रष्ट ठहरिएका व्यक्तिहरुसँग वार्ता गर्न लागेको भन्दै पार्टी पंक्तिबाट विरोध सुरु भएको छ ।
अदालतबाट भ्रष्ट ठहरिएका कांग्रेसका नेताहरु खुमबहादुर खड्का र चिरञ्जीवी वाग्लेलगायतसँग वार्ता गर्न पार्टीले एक कमिटि नै गठन गरेपछि असन्तुष्टि जनाएका हुन् ।
ब्यक्तिगत रुपमा हिन्दू गणतन्त्रको कुरा कसैले गोष्टीमा उठाए भन्दैमा उनीहरुसँग सहकार्यका लागी बार्ता गर्न पार्टीले ‘हाइकमान्ड’ वार्ता टोली बनाउनु लाजमर्दो भएको समेत उनीहरुले बताएका छन् ।
उनीहरुले राप्रपा नेपालका प्रचार विभाग सचिव बासु दाहालले वार्ता टोलि बनाइनु भन्दा लाजमर्दो विषय भएको बताए ।
उनले राप्रपा नेपाल हिन्दू राष्ट्र र संबैधानिक राजतन्त्रको एजेन्डाका कारण चौथो शक्तिमा स्थापित भएको स्मरण गर्दै कसैको निगाह र हुकुमी बक्सिसका कारण स्थापित नभएको पनि बताए ।
उनले पार्टीले ‘बदनाम’ व्यक्तिहरुसँग बार्ता गर्नु भनेको आफ्नो अस्तित्व समाप्त पार्नु हो भन्दै पार्टीको निर्णय पुनःविचार गर्न समेत आग्रह गरे । केहि दिन पहिले मात्रै बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले खड्का र वाग्लेलगायतसँग वार्ता गर्न एक समिति गठन गरेको थियो ।