विश्वेन्द्र पासवानविरुद्ध अपहरणको उजुरी

काठमाण्डु टुडे २०७१ असोज २८ गते ९:५७ मा प्रकाशित

काठमाण्डु, २८ असोज – सभासद विश्वेन्द्र पासवानविरुद्ध पार्टी व्यक्ति अपहरणको आरोपमा उजुरी दायर भएको छ । काठमाण्डु जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा उजुरी परेको हो ।

Biswendra_PASWANबहुजन शक्ति पार्टी अध्यक्ष एवम् सभासद पासवानमाथि रामेछापको गुप्तेश्वर गाविस- ६ का कृष्णबहादुर तामाङलाई अपहरण गरेको आरोप लागेको हो ।

हाल काठमाण्डु महानगरपालिका- ६ मा बस्दै आएका तामाङले महानगरीय प्रहरी परिसर हनुमानढोकामा पासवानविरुद्ध अपहरणको जाहेरी दिएका छन् ।

जाहेरीअनुसार यही २४ असोज सोमबार महाराजगन्ज चक्रपथस्थित भाटभटेनी सुपरमार्केट अगाडिबाट उठाएर तामाङलाई पासवानले पिङ्गलास्थानस्थित आफ्नो निवासमा लगेर बन्धक बनाएका थिए ।

त्यहाँ उनले शारीरिक तथा मानसिक यातना दिएर राखेको तामाङको आरोप छ ।

पार्टी फुटाएको आरोपमा आफूलाई पासवानले अपहरण गरेको तामाङको दाबी छ । सभासद यशोदाकुमारी लामालाई उक्साएर तामाङले पार्टी फुटाइदिएको भन्दै पासवानले अपहरण गरेको तामाङले दाबी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us