काठमाण्डू, ६ साउन– कांग्रेस नेता डा. शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट मुक्त गर्न राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको बताएका छन ।
आज (बुधबार) वीपी स्मृति स्वास्थ्य प्रतिष्ठान, वीपी स्मृति सामुदायिक सहकारी अस्पताल लगाएतले काठमाण्डूमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन ।
कांग्रेसको आन्तरिक अवस्थाभन्दा पनि देशको समग्र स्थिति अत्यन्तै नाजुक र भयावह रहेको भन्दै देशलाई वर्तमान संकटबाट मुक्त गर्न राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको समेत उनले बताए ।
पार्टीभित्रको मेलमिलाप र सबै परम्परागत तथा अन्य शक्तिहरूसँग राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले ३३ सालमा वि.पी. स्वदेश फकिएको भन्दा अहिले देशको अवस्था निकै भयावह रहेको समेत बताए ।
नेता कोइरालाले एकढिक्का भएर अगाडि बढ्न नसके कांग्रेसको भविष्य समेत अप्ठेरोमा पर्न सक्ने भन्दै चिन्ता समेत व्यक्त गरे । तर अहिले कांग्रेसभन्दा पनि देशको चिन्ता धेरै ठूलो भएर गएको उनले बताए ।