चितवन- राप्रपा सांसद खुश्बु ओलीलाई सामाजिक सञ्जालमार्फत धम्की र साइबर दुर्व्यवहार गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ का तेजेन्द्रप्रसाद पौडेल र बुटवल स्थायी घर भई हाल चितवनको नारायणगढमा बसोबास गर्दै आएका अभि घिमिरे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभुसन यादवका अनुसार काठमाडौंमा दर्ता भएको साइबर अपराधसम्बन्धी उजुरीका आधारमा साइबर ब्यूरोले अनुसन्धान गरी उनीहरूको पहिचान गरेको थियो ।
त्यसपछि थप अनुसन्धान र कानुनी कारबाहीका लागि चितवन प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
दुवै जनाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।