सुर्खेत– काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
।
कांग्रेस र नेकपाका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री कँडेलविरूद्ध बिहीबार अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
नेकपा प्रदेशसभा सदस्य बिन्दमान विष्टले आफ्नो दलका १० र काँग्रेसका ५ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको जानकारी काठमाण्डु टुडेलाई दिए ।
श्रोतका अनुसार ती दुई दलले काँग्रेस संसदीय दलका नेता जिवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा अघि सारेका छन् ।
यसअघि काँग्रेसका चार मन्त्रीले बुधबार सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।