नगर प्रहरीलाई मन्त्री लम्सालले भनेः मनोबल नघटाउनुहोला

काठमाण्डु टुडे २०८३ असार ३० गते १६:१५ मा प्रकाशित

काठमाण्डू, ३० असार– भौतीक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाण्डू महानगरपालिकाका नगर प्रहरीहरूलाई मनोबल कमजोर नबनाउन अनुरोध गरेका छन ।

मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनापछि सडकमा नदेखिएका नगर प्रहरीलाई मन्त्री लम्सालले मनोबल कमजोर नबनाउन अनुरोध गरेका हुन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन । मन्त्री लम्सालले भने, ‘काठमाण्डू महानगरपालिकाको नगर प्रहरीहरू मनोबल नघटनाउनुहोला, ‘हजुरहरूको कारणले कयौं एबुलेन्स छिटो हस्पिटल पुगेका छन् । कयौंले ज्यान जोगाउनुभएको छ ।’

उनले महानगर प्रहरीको मनोबल गिरेका कारण कति जनाले ज्यान गुमाइसकेको समेत आशंका गरेका छन । ‘हजुरहरूको मनोबल गिरेको भएर अहिले फेरिक कति जनाले ज्यान पनि गुमाइसक्नुभयो होला,’ उनले भने, ‘कसैले यहाँ बोलको चैं छैन ।’ पूर्वाधार विकासमन्त्री लम्सालले सरकार महानगर प्रहरीको साथमा रहेको पनि बताए ।

‘आफ्नो जिम्मेबारी राम्रोसँग पूरा गर्नुहोला । हामी हजुरहरूको पक्षमा छौं । साथमा छौं,’ उनले भने । मन्त्री लम्सालले परिवर्तन हुन केही समय लाग्ने भएकाले आशावादी रहन पनि आग्रह गरे ।

‘परिवर्तन हुन केही समय लाग्छ । आशावादी रहनुहोला,’ उनले भने, ‘हामी एकदम फरक तरिकाले काम गर्दैछौं । सबै मिलेर देश बनाऔं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us