इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाले ‘लक्की’ निलो जर्सी लगाउने

काठमाण्डु टुडे २०८३ असार ३० गते १४:४९ मा प्रकाशित

काठमाण्डू, ३० असार– जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाले आफ्नो परम्परागत निलो–सेतो धर्के जर्सी होइन, गाढा निलो रङको अवे जर्सी लगाउने भएको छ ।

बुधबार अमेरिकाको एटलान्टामा हुने सेमिफाइनलमा इंग्ल्यान्ड भने सेतो घरेलु जर्सीमै मैदान उत्रनेछ । यस विश्वकपमा अर्जेन्टिनाले गाढा निलो जर्सी दोस्रोपटक प्रयोग गर्न लागेको हो ।

यसअघि समूह चरणमा जोर्डनविरुद्ध मात्र अर्जेन्टिनाले गाढा निलो जर्सी लगाएको थियो । अन्य सबै खेलमा निलो–सेतो धर्के डिजाइनको जर्सी प्रयोग भएको थियो ।

यो निर्णय केवल जर्सी नियमका कारण मात्र नभई अन्धविश्वाससँग पनि जोडिएको अर्जेन्टिनी सञ्चारमाध्यमले जनाएका छन । किनभने यही गाढा निलो जर्सीमा अर्जेन्टिनाले विश्वकपमा इंग्ल्यान्डविरुद्ध दुई ऐतिहासिक सफलता हात पारेको थियो ।

सन् १९८६ को विश्वकप क्वाटरफाइनलमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ र अविस्मरणीय एकल गोलको मद्दतमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराएको थियो । त्यसबेला पनि अर्जेन्टिना गाढा निलो जर्सीमै खेलेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us