गणेश नेपाली घटनामा सोधपुछका लागि बोलाइएका सबै छुटे

काठमाण्डु टुडे २०८३ असार २८ गते १७:०४ मा प्रकाशित

काठमाण्डू, २८ असार– गणेश नेपालीले आत्मदाह गरेको घटनामा सोधपुछका लागि बोलाइएका सबै जना छुटेका छन । सबै जनालाई शुक्रबारै छाडिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन । उनले भने, ‘हामीले कसैलाई पक्राउ गरेका थिएनौं ।

सोधपुछका लागि बोलाएका थियौं । काम सकिएपछि सोही दिन छाडिएको हो ।’ महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वीललक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

उपचारको क्रमा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो । त्यसपछि सोधपुछका लागि भन्दै प्रहरीले महानर प्रहरी र घटनाका प्रतक्ष्यदर्शीलाई बोलाएको थियो । सोधपुछ तथा घटना विवरण कागज गराएर प्रहरीले उनीहरूलाई छाडेको हो ।

यो घटनाको छानबिन गर्न काठमाण्डू उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा पाँच सदस्यीय समिति बनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us