सरकारको आलोचना गर्न थालेपछि रास्वपाद्वारा सांसदहरुलाई बोल्नमा अंकुश, बोल्नुअघि सोध्नुपर्ने

काठमाण्डु टुडे २०८३ असार २३ गते १९:०६ मा प्रकाशित

काठमाण्डु– सांसदको विशेषाधिकारमा अंकुश लगाउँदै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वअनुमति लिएर मात्र बोल्न आफ्ना सांसदहरुलाई दिर्नेशन दिएको छ ।

रास्वपाले सचेतकद्वय क्रान्तिशिखा धिताल वा प्रकाशचन्द्र परियारलाई सोधेर मात्र संसदमा बोल्न निर्देशन दिएको हो ।

धितालले सांसदहरुको मोबाइलमा पठाएको सन्देशमा आफू वा परियारबाट बोल्ने विषय अनुमोदन गराउन निर्देशन दिएकी छन् । संसदमा बोल्नुभन्दा अघिल्लो दिन आफूहरुलाई सोध्न उनको निर्देशन छ ।

‘अबदेखि शून्य समय तथा विशेष समयमा प्रस्तुत गर्ने आफ्नो सामग्री अनिवार्य रूपमा मलाई तथा सचेतक प्रकाशचन्द्र परियारज्यूलाई एक दिन अगाडि नै पठाइदिनुहुन अनुरोध गर्दछु’, उनले भनेकी छन् ।

रास्वपा सांसदहरुले प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारका कामकारबाहीबारे गम्भीर प्रश्न उठाएका थिए । रमेश प्रसाईं, जगदिश खरेल (दोलखा), प्रकाश पाठक र आशिका तामाङले सरकारको आलोचना गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us