पूर्णबहादुर र शेखरलाई वरिष्ठ नेता दिने भनेर मिडिया ट्रायल गरियोः कुन्दन काफ्ले

काठमाण्डु टुडे २०८३ असार २३ गते १३:२० मा प्रकाशित

काठमाण्डू, २३ असार– कांग्रेसका नेता कुन्दनराज काफ्लेले पूर्णबहादुर खड्का र शेखर कोइरालालाई वरिष्ठ नेता दिने भनेर संस्थापन पक्षले मिडिया ट्रायल गरेको आरोप लगाएका छन ।

चुनदेवीमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले दुई नेतालाई वरिष्ठ नेता दिने कुरा अहिलेको प्राथमिकता नभएको पनि बताए ।

उनले भने, ‘अहिले नयाँ कुरा केही मागेको छैन । पूर्णबहादुर खड्का र शेखर कोइरालालाई वरिष्ठ नेता दिने भनेर मिडिया ट्रायल गरिएको छ । त्यो आवश्यकता होइन ।’

उनले पार्टीमा परम्पराअन्तर्गत अनुशासन समिति, क्रियाशील सदस्यताको समिति र सबै अरू आधारभूत कुरामा सर्वसम्मत निर्णय गरेर अगाडि बढ्नुपर्ने आफूहरूको कुरा भएको पनि बताएका छन ।

उनले भने, ‘हामीले नौलो कुरा केही पनि भनेको छैन। अधिवेशनको निष्पक्षता, अहिले उहाँहरूले ५४ प्रतिशत भाग लिएर त उहाँहरूकै भनाइअनुसार कांग्रेसलाई कब्जा गर्नुभयो । उहाँहरूको भनाइअनुसार हाम्रो लागि ३० प्रतिशत निष्पक्षताको आजको आवश्यकता हो । हाम्रो प्रश्न निष्पक्षतामै हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us