कांग्रेसले थप्यो सदस्यता वितरणको समय

काठमाण्डु टुडे २०८३ असार २१ गते १७:२३ मा प्रकाशित

काठमाण्डू, २१ असार– कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने मिति फेरि थप गरेको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको जानकारी गराए ।

‘कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको छ,’ उनले भने । यसअघि कांग्रेसले नयाँ सदस्यता असार २० सम्म तोकेको थियो ।

कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ । अध्यावधिक हकमा भने केन्द्रीय कार्यालयमा आउनु पर्ने सदस्यता व्यवस्थापन समितिका संयोजकसमेत रहेका पौडेलको भनाइ छ ।

कांग्रेसको १५ औं महाधिवेशन आगामी असोजमा हुने भनिएको छ। त्यसअघि कांग्रेसले सदस्यता वितरण तथा अध्यावधिकको काम गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us