काठमाण्डू, २१ असार– डोल्पाको जगदुल्लामा जिप दुर्घटना भएको छ ।
आज आइतबार जगदुल्ला गाउँपालिकाबाट जुम्लातिर जाँदै गरेको जिप डोल्पा–जुम्ला सिमाना मौरे लेखमा दुर्घटनामा परेको जानकारी पाएसँगै घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
दुर्घटनाबारे जानकारी पाए पनि थप विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।