काठमाण्डु– एमाले अध्यक्ष केपी ओलीले बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकार चटकको भरमा बनेको जिकिर गरेका छन् ।
शनिबार पार्टीको जागरण अभियान शुभारम्भ गर्दै ओलीले चटकका भरमा आएको सरकार चटककै भरमा जाने टिप्पणी गरे । सरकार ढाल्ने तत्व राष्टिन्य स्वतन्त्र पार्टी (रास्वपा) भित्रै रहेको दाबी ओलीको छ ।
‘अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएका हुन्छन्, ढल्छ जान्छ’ ओलीले भने, ‘यो चटकका भरमा आएको, चटककै भरमा जान्छ ।’
यद्यपि सरकार ढल्छ भनेर आफूहरु पर्खन मिल्ने अवस्था नरहेको उल्लेख गरे । फर्खिएर बस्दा मुलुक, लोकतन्त्र र जनतालाई यो सरकारले बर्बाद गरिसक्ने जिकिर गरे ।
‘पर्खिएर हामी बस्यौं भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामी र जनतालाई बर्बाद गरिसक्छ,’ ओलीले भने, ‘हामी पर्खिंदैनौं, सचेत प्रयासबाट छिटो गरिने चिज हो ।’