काठमाण्डु– प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सय दिनमा प्रभावकारी काम गर्न नसकेको निस्कर्ष निकालेको छ ।
काँग्रेसले मन्त्रालयका कामहरुको मूल्यांकनका लागि गठन गरेको समितिका संयोजकहरुको शनिबार बसेकोे बैठकले सरकार आफैंले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यक्रमको कार्यान्वयनमा चुकेको निस्कर्ष निकालेको हो ।
सरकारले आफ्नै प्रतिबद्धता पुरा गर्न नसकेको विषयमा संसदमा सशक्त आवाज उठाइने आङदेम्बेले बताए ।
रास्वपा सभापति रवि लामिछानेले आफ्नो दलले सय दिन सरकार चलाउन पाए देशले काँचुली फेर्ने दाबी गरेको भए पनि बालेन्द्र सरकारले आफ्नै प्रतिबद्धतासमेत पुरा गर्न नसकेको काँग्रेसको भनाइ छ ।
‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीहरूको प्रभावकारी कार्यान्वयन नभएका विषयहरूलाई सशक्त रूपमा संसदमा उठाउने’, बैठकको निर्णयमा भनिएको छ, ‘सरकारका कार्यप्रगतिका नियमित अनुगमन गर्ने र सरकारलाई जवाफदेही बनाउन संसदमा प्रमुख प्रतिपक्ष दलको हैसियतले थप सक्रिय भूमिका निर्वाह गर्ने ।’