काठमाण्डू, १५ असार– एमालेका युवाहरुले पार्टी पुनर्गठनबारे मत सर्वेक्षण अभियान सुरु गरेका छन । पार्टीको पुनगर्ठन कार्यदलले सीमित नेताहरुसँग मात्र सुझाव लिएकाले स्वतन्त्र मत सर्वेक्षण सुरु गरिएको उनीहरुले बताएका छन् ।
‘एमाले पार्टी जीवनको कुरा नेताहरुलाई मात्रै होइन, सदस्यहरुलाई पनि उत्तिकै चासोको विषय हो,’ अभियानको नेतृत्व गरिरहेका गजेन्द्र थपलियाले भने, ‘यो मत सर्वेक्षणमा पार्टी सदस्य र स्वतन्त्र नागरिकले पनि एमालेबारे धारणा राख्न सक्नेछन् ।’
एमालेको कार्यदलले केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका पदाधिकारी र जनसंगठनका पदाधिकारीहरुबाट मात्रै सुझाव लिएको छ । यसलाई अपर्याप्त भन्दै सुरु भएको डिजिटल मत सर्वेक्षणमा १८ प्रश्न राखिएको छ । जसमा पार्टी पुनगर्ठनका प्रश्नहरु समावेश छन् ।
कुन कमिटीका नेतालाई नेतृत्वमा ल्याउनेदेखि अर्लि महाधिवेशनको आवश्यकताबारे समेत मत प्रश्नावली राखिएको उनले बताए ।