काठमाण्डू, १३ असार– सरकारले विभिन्न ‘होल्डिङ सेन्टर’ मा राखेका सुकुमवासीहरूले आज (शनिबार) प्रदर्शन गर्ने भएका छन् । सरकारले ‘होल्डिङ सेन्टर’ खाली गर्न दिएको निर्देशनप्रति आपत्ति जनाउँदै उनीहरुले प्रदर्शन गर्न लागेको हुन् ।
उनीहरूले दिउँसो २ बजे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकालिने तयारी गरेका छन । सरकारले सुकुमवासीलाई १९ असारसम्म ‘होल्डिङ सेन्टर’ खाली गर्न निर्देशन दिएको छ ।