स्पेन समूह विजेता बन्दै नकआउट चरणमा, पूर्व विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो

काठमाण्डु टुडे २०८३ असार १३ गते ८:१२ मा प्रकाशित

काठमाण्डू, १३ असार– फिफा विश्वकप २०२६ अन्तर्गत उरुग्वेलाई १–० ले पराजित गर्दे स्पेन नकआउट चरणमा प्रवेश गरेको छ । यो जितपछि स्पेन समूह आईमा ७ अंक जोडेर समूह विजेता समेत बनेको छ ।

दुई पुर्व विजेताबीचको खेलमा उरुग्वेका लागि समुह चरण पार गर्न जित निकाल्नुपर्ने बाध्यता थियो । समूहको अर्को खेलको नतिजा आफु अनुकल भएमा बराबरी पनि पर्याप्त हुन सक्थ्यो । तर उरुग्वेका लागि स्पेनसँगको हार नै महँगो पर्यो ।

समूहमा दुई बराबरी र एक हारबाट उरुग्वेको २ अंकसहित तेस्रो स्थानमा रह्यो । अर्को खेलमा केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप डेब्युमे समहु चरणमा अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ ।

तीनै खेल बराबरी खेलेको केप भर्डे ३ अंक जोडेर समूह उपविजेता बन्यो । मेक्सिकोको ग्वाडालाजारमा भएको स्पेनका लागि एलेक्स बाएनाले निर्णायक गोल गरे । बाएनाले मार्कोस लरेन्टेको पासमा ४२औं मिनेटमा गोल गर्दे अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन । दोस्रो हाफमा उरुग्वेले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन । फेरान टोरेसको ८६औं मिनेटमा प्रहार बारमा लागेर बाहिरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us