काठमाण्डू, १२ असार– पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू आगामी आइतबार एउटै मञ्चमा देखिने भएका छन ।
मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आगामी असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालकाअध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम तय भएको स्रोतले जानकारी दिएको छ ।
समारोहमा हुने राष्ट्रिय गोष्ठीलाई पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरूको साझा उपस्थितिका कारण पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।
मदन भण्डारीको राजनीतिक विचार र योगदानबारे केन्द्रित उक्त कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरू एउटै मञ्चबाट धारणा राख्ने कार्यक्रम रहेको छ ।