काठमाण्डू, १२ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टी नेतृत्वको निर्देशन विपरीत समूहगत राजनीतिक अभ्यास पार्टी हुन खोजेको आशङ्का व्यक्त गरेका छन ।
महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति रवि लामिछानेले समूहगत राजनीतिक अभ्यास नगर्न निर्देशन दिएको स्मरण समेत गरेका छन ।
झाले भने, ‘समूहगत अभ्यास गर्नुभयो भने अब त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीतको कार्य हो। रवि दाइले यहाँ आएर समूहगत राजनीतिक अभ्यासहरू नगर्नु भनेर भन्नुभएको थियो। तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन तर उहाँको नाम बदनाम गरिरहेको छ कि कसैले भन्ने पनि हामी सोच्न सक्छौँ नि ।’
उनले आफू समूहगत अभ्यासको विरोधमा रहेको बताए। उनले हिजो सभापति र उपसभापतिसँग सहमतिको प्रयासमा कुरा भएको पनि बताएका छन । उनले भने, ‘सहमति भनेको सधैँ त्याग होइन। सहमति भनेको कहिलेकाहीँ प्राप्ति पनि हो। तर मैले गर्ने राजनीतिक सहमति किन सधैँ त्याग मात्र भइदिन्छ ? भनेर मैले त्यो प्रश्न सोधेँ ।
अनि विभिन्न साथीहरू विभिन्न फरक–फरक भूमिकामा हुनुहुन्छ ।’ उनले सभापति र उपसभापतिलाई आफ्नो मन्त्रीमा कुनै लोभ नभएको कुरा बताएको जिकिर गरे । उनले भने, ‘मैले उहाँहरूलाई मलाई मन्त्रालयगत लोभ छैन । पार्टी सुधार्नु छ, पार्टीको व्यवस्थापकीय संरचना सुधार्नु छ ।
त्यसैले मलाई यो मौका दिनुस् । म ५ वर्षसम्म कुनै पनि मन्त्रालय दाबी गर्दिनँ । म यो कार्यकाल पार्टीको कमजोर देखिएको पक्ष सुधार्न चाहन्छु भनेर मैले त्यसरी स्पष्ट दाबी गरेँ।’ उनले आफूले सुरुवातकलादेखि नै योगदान गरिरहेकाले प्रतिनिधिहरूले आफूलाई रोज्ने विश्वास व्यक्त गरेका छन ।