काठमाण्डू, १२ असार– रास्वपा महामन्त्रीका उम्मेदवार मनिष झाले आफू आलोकाँचो राजनीति नगर्ने बताएका छन । महामन्त्रीका ५ आकाङ्क्षीहरूले उम्मेदवारी फिर्ता लिएर विपीन आचार्यलाई समर्थन गरिसकेका छन् ।
झाले भने आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन । महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग झाले भने, ‘यति आलोकाँचो राजनीति पनि गर्नुहुँदैन ।
हिजो राति उम्मेदवारी दिने, आज फिर्ता लिने ? सशक्त राजनीति गर्न सक्ने आँट भएकाहरू भिडिरहन्छन्, परिणाम जेसुकै होस् लागिरहन्छन् ।’
उनले फलानोको फोन आएपछि सोचौँला भन्ने राजनीति नहुने भन्दै आफ्नो महामन्त्रीको उम्मेदवार कायमै रहेको बताए । महामन्त्रीमा विपीन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल मैदानमा छन् ।