शेखर भेट्न विराटनगर पुगे प्रचण्ड–माधव

काठमाण्डु टुडे २०८३ असार १२ गते १३:०५ मा प्रकाशित

काठमाण्डू, १२ असार– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन ।

संयोजक प्रचण्ड र सह–संयोजक नेपालले विराटनगरस्थित कोइराला निवास पुगेर कांग्रेस नेता कोइरालसँग भेटवार्ता गरेका हुन । उनीहरूबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको कोइराला सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us