भिरबाट खसेको ढुंगा लागेर डोजर चालकको मृत्यु

काठमाण्डु टुडे २०८३ असार ११ गते १६:२१ मा प्रकाशित

काठमाण्डू, ११ असार– कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ ।

भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

निजको घटनास्थलमा मृत्यु भएको हो । टमटा डोजर चलाइरहेका थिए । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us