पदाधिकारीको चुनावमा ‘नो भोट’को प्रावधान राख्नुपर्छ: सागर ढकाल

काठमाण्डु टुडे २०८३ असार ११ गते १५:१३ मा प्रकाशित

काठमाण्डू, ११ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको चुनावमा ‘नो भोट’को प्रावधान राख्नुपर्ने बताएका छन ।

महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता ढकालले यस्तो बताएका हुन । उनले पहिलो चरणको निर्वाचनमा सम्भव नभए पनि पदाधिकारीको निर्वाचन सो प्रावधान राख्न माग गर्ने पनि उनले बताएका छन ।

नेता ढकालले भने, ‘नो भोटको प्रावधान हामीले राख्नुपर्ने हो । ९९ जना केन्द्रीय सदस्य त हुनुपर्‍यो। तर अब पदाधिकारीको चुनावमा नो भोटको लागि हामीले राख्नुपर्छ, कुरा उठाउँछौँ ।’ उनले नो भोटका प्रावधान राख्नको लागि आफूले माग गर्ने बताए ।

उनले थपे, ‘म माग राख्ने पोजिसनमा छु। डिसिजन मेकिङ पोजिसनमा छैन । त्यही भएर पनि मैले पदाधिकारीहरूमा आउनुपर्छ ।

अलिकति हस्तक्षेप गरेर नै यो पार्टीलाई सही ट्र्याकमा लानुपर्छ, पुराना तरिकामा लान हुन्न हुँदैन ।’ उनले महाधिवेशनमा सोचेअनुसार नभएको भन्दै कमीकमजोरी सुधार गरेर जानुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us