काठमाण्डू, ११ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य राजीव खत्रीले पार्टी महाधिवेशनमा ‘नो भोटको धज्जी’ उडाइएको टिप्पणी गरेका छन् ।
आफ्नै प्रतिद्वन्द्वीलाई पनि अनिवार्य भोट हाल्नुपर्ने स्थिति रहेको भन्दै उनले मतदान व्यवस्थापनको आलोचना गरेका हुन् । २१ फागुनको निर्वाचनमा भक्तपुर २ बाट प्रतिनिधि सभा सांसद चुनिएका खत्रीले फेसबुकमा लेखेका छन्, ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । NO VOTE को धज्जी ।’
चितवनमा जारी पहिलो महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदान व्यवस्थापनप्रति असन्तुष्टि जनाउने सांसद खत्री एक्ला भने होइनन् ।