एजेन्सी– भेनेजुएलामा ४० सेकेण्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पको धक्काले मानवीय र भौतिक क्षति व्यापक भएको अनुमान गरीएको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भने हालसम्म ३२ जनाको मृत्यु र ७०० जना घाइते भएको जानकारी गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जनाएका छन ।
खोज तथा उद्धारकार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्ने अनुमान छ ।अमेरिकी भूगर्भ सर्वेक्षणले यसअघि भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत र १ लाखभन्दा बढी मृत्यु हुने सम्भावना ३० प्रतिशत रहेको आकलन गरेको थियो ।
राजधानी क्षेत्रमा उद्धारकर्मीहरू भग्नावशेषभित्र जीवित बाँचेकाहरूको खोजी गरिरहेका छन् । कतिपय मानिसहरू भग्नावशेष मुनिबाट सहयोगका लागि पुकार गरिरहेको सुनिएको बीबीसीले जनाएको छ । राजधानी कराकासका धेरै भवनमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने मेट्रो सेवा पूर्ण रूपमा बन्द गरिएको छ ।
७.२ र ७.५ म्याग्निच्युडका यी भूकम्पहरू राजधानीको पश्चिम क्षेत्रमा केन्द्रित थिए । यसको धक्का छिमेकी देश कोलम्बियाको बोगोटासम्म महसुस गरिएको थियो ।