रास्वपा केन्द्रीय सदस्य निर्वाचन: एक जनालाई मतदान गर्न ७ देखि १० मिनेट, नतिजा २ घण्टापछि

काठमाण्डु टुडे २०८३ असार १० गते १८:२१ मा प्रकाशित

काठमाण्डू, १० असार– चितवनमा जारी सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा बन्द सत्र सकाएर अहिले निर्वाचन प्रक्रिया अघि बढेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, आजै साँझ साढे ७ बजेबाट मतदान सुरु हुनेछ ।

मतदानका लागि ७५ वटा विद्युतीय मेसिन तयार पारिएको छ । केहीबेर अघि प्रवक्ता झाले गरेको ब्रिफिङ अनुसार, एक जना केन्द्रीय सदस्यका लागि ७ देखि १० मिनेट मतदानका लागि समय लाग्नेछ ।

केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि करिब ४ घण्टा समय लाग्ने जानकारी दिएको उनले जानकारी दिएका छन । त्यस्तै, मतदान सकिएको करिब २ घण्टामा नतिजा सार्वजनिक भइसक्ने पनि उनले बताए । उनले भने, ‘राति १/२ बजेसम्म केन्द्रीय समितिको नतिजा निकालिसक्नेगरी तयारी गरेका छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us