रास्वपा महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

काठमाण्डु टुडे २०८३ असार १० गते १६:३६ मा प्रकाशित

काठमाण्डू, १० असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि प्रारम्भिक नामावली सार्वजनिक गरेको हो । प्रारम्भिक सूचीमा ३८४ जनाको नाम सार्वजनिक भएको छ ।

जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन । सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया धमाधम भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us