विष्णु पौडेललाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाण्डु टुडे २०८३ असार १० गते १६:०५ मा प्रकाशित

काठमाण्डू, १० असार– पूर्व मन्त्री समेत रहेका एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

पौडेल पत्नी निवेदक बनेको रिटमा पौडेललाई राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएकाले रिहाइको आदेश माग गरिएको छ ।

पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र कमलकिशोर मालपानी समूहको शेयर लेनदेनमा चिनजान गराइदिएको बयानका आधारमा पक्रपाउ गरि मंगलवार ५ दिनको म्याद थप गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us