काठमाण्डू, १० असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ ।
अहिले महाधिवेशनस्थलमा दावी विरोधको काम भइरहेको सो पार्टीका नेता कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । उनले केही घण्टामा मतदान प्रक्रिया सुरु हुने जानकारी दिए ।
‘२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ । पहिलो महाधिवेशन भएकोले अनुभवको कमिले ढिलो भएको हो’ उनले भने । निर्वाचन आयोगले धैरै काम गरिरहेको जानकारी बुर्लाकोटीले दिएका छन ।