प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार साह पनि केन्द्रीय सदस्यको उम्मेदवार

काठमाण्डु टुडे २०८३ असार १० गते १४:०५ मा प्रकाशित

काठमाण्डू, १० असार– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम साहले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

साहले पार्टीमा कुनै गुट छैन भन्ने सन्देश दिन आफूले उम्मेदवारी दिएको बताएका छन । ‘पार्टीमा कुनै पनि गुट छैन भन्ने सन्देश दिन हो उम्मेदवारी’, उनले भने, ‘संस्थागत रुममा लैजान हो ।’

प्रधानमन्त्री बालेनका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us