काठमाण्डू, १० असार– प्रहरीले काठमाण्डूको न्यूरोडबाट साढे १६ लाख नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका ४४ वर्षीय दिलिप अग्रवाल रहेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो । न्यूरोडमा मोबाइल होम नामक ईलेक्ट्रिक पसल सञ्चालन गरेका उनीबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको प्रहरीको भनाइ छ ।
यसका साथै काठमाण्डू महानगरपालिका–२२ प्युाखाबाट साढे ८ लाखसहित प्रहरीले नुवाकोटका २२ वर्षीय सविन तामाङ र बाफल बस्ने ७३ वर्षीय विनोद अग्रवाललाई पक्राउ गरेको छ । यो रकमको पनि स्रोत नखुलेको प्रहरीले जानकारी दिएको छ ।