रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने

काठमाण्डु टुडे २०८३ असार ८ गते १५:३६ मा प्रकाशित

काठमाण्डू, ८ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढेको छ ।

चितवनको भरतपुरमा जारी महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद एवं प्रवक्ता मनिष झाले सुरुमा ३ हजार प्रतिनिधिको आकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेको बताए ।

‘यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने देखिन्छ’, झाले भने, ‘प्रवासबाट समेत अपेक्षितभन्दा चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us