काठमाण्डू, ८ असार– रुकुम पश्चिममा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१, सहिद मैदान बस्ने २५ वर्षीय सुन्दर भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो ।
‘गए राति ११ बजे साथीसँग ब्याट्रीसहित करेन्ट लगाएर माछा मार्न जानु भएको रहेछ, एक्कासि करेन्ट लाग्यो,’रुकुम पश्चिमका प्रहरी प्रमुख वेदबहादुर पौडेलले भने, ‘घाइते अवस्थामा सल्ले अस्पताल ल्याइएको थियो ।
चेकजाँच गर्ने क्रममा बिहान ३ बजेतिर चिकित्सकले मृत घोषणा गरे ।’