काठमाण्डू, ७ असार– चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरीरहेका छन ।
केहीबेरअघि बाट सुरु भएको महाधिवेशनस्थलमा यति बेला पानी पर्न थालेको छ । पानी पर्न थालेपछि रास्वपाले यसलाई शुभसाइतका रुपमा अर्थाएको छ ।
रास्वपा महामन्त्री बुर्लाकोटीले भने, ‘यो महाधिवेशन सफल पार्नका लागि पानी पर्नु शुभसाइत हो । यसलाई हामीले शुभसाइतको रुपमा लिएका छौं ।’