रास्वपा महाधिवेशनः सुरु भयो उद्घाटन सत्र

काठमाण्डु टुडे २०८३ असार ७ गते १५:२४ मा प्रकाशित

काठमाण्डू, ७ असार– चितवनको भरतपुरमा सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन ।

उद्घाटन सत्रमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह, विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित रहेका छन ।

रास्वपा महाधिवेशन तीन दिनसम्म चल्नेछ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । रास्वपाले नयाँ नेतृत्व चयन गर्नुअघि विधान संशोधन गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us