काठमाण्डू, ७ असार– श्रीमतीको शरीरमा तातो तेल खन्याएर आगो लगाएको आरोपमा कञ्चनपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्ट रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले शनिबार भिमदत्त ४ बाट पक्राउ गरेको हो ।
गएको १५ गते भान्सामा सेल रोटी पकाउँदै गरेकी श्रीमतीको शरीरमा तेल खन्याएर आगो लगाएपछि उनी फरार भएका थिए ।
उनीविरुद्ध तेजाब तथा अन्य रसायनिक, जैविक वा विशालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।