रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ २८ गते १४:३६ मा प्रकाशित

काठमाण्डू, २८ जेठ– रोल्पामा बिहीबार बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–४ दुदिलाबोटका ४७ वर्षीय चन्द्रबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ ।

बल्लेखोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको मिनी ट्रक गुडिरहेकै अवस्थामा अचानक सडक भाँसिएर दुर्घटना भएको हो ।

माडी गाउँपालिका–१ पात्लेस्थित बल्ले–झिनुवाभित्री सडकमा उक्त ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिएका छन। ट्रक चालक घाइते भएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us