काठमाण्डू, २८ जेठ– प्रहरीले स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक व्यक्ति पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वरुपराज दवाडी नाम गरेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ । उनीबाट स्रोत नखुलेको ४० लाख नगद बरामद भएको प्रहरीले बताएको छ ।
उक्त रकम हुण्डी कारोबारको हुनसक्ने प्रहरीले जनाएको छ । साथै यस सम्बन्धमा आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।