‘नेपाली ब्रो’ द्वारा रड प्रहार गरी श्रीमतीको हत्या

काठमाण्डु टुडे २०८३ जेठ २३ गते १०:३१ मा प्रकाशित

काठमाण्डु- काठमाण्डूमा एक व्यक्तिले रड प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारका ४२ वर्षीय नेपाली ब्रो भनिने कुमार थापाले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेका हुन् ।

कुमार रेस्लरसमेत हुन् । कुमारलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

घरायसी विवादमा कुमारले शुक्रबार राति सवा १० बजेतिर श्रीमतीमाथि रड प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटनामा गम्भीर घाइते भएकी ईश्वरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

पारिवारिक कलह चर्किंदै गएपछि ईश्वरीले सम्बन्ध बिच्छेदको मुद्धा हालेकी थिइन् । मुद्धा विचाराधीन रहेकै अवस्थामा उनको हत्या भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us