भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

काठमाण्डु टुडे २०८३ जेठ २२ गते १३:२१ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा निस्किएका छन । उनी केहीबेर अघि भ्रमणका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन ।

परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा निस्किएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us