ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्दिनः ओली

काठमाण्डु टुडे २०८३ जेठ २० गते १८:०८ मा प्रकाशित

काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू ढल्न सक्ने तर घुँडा नटेक्ने बताएका छन । आज (बुधबार)बाट सुरु भएको एमालेको कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष आलीले यस्तो बताएका हुन ।

उनले देशप्रतिको प्रेम नझुक्ने भन्दै घुँडा नटेक्ने समेत बताएका छन । ओलीले भने‘म व्यक्तिगत तवरमा पनि ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्ने वाला छैन । मेरो शिर काटिन सक्छ तर हात उठाउने वाला छैन ।’

उनले देश र जनताको पक्षमा लड्न ६० वर्षदेखि लागेको भन्दै उक्त सङ्कल्प अलिकति पनि कमी नभएको भन्दै देशको राष्ट्रिय स्वाधीनताका सवालमा कम्परमाइज नगर्ने र प्रतिक्रियावादीका धाक धम्कीसँग नझुक्ने घोषणा समेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us