चुनाव नाटक मात्रै थियोः ओली

काठमाण्डु टुडे २०८३ जेठ २० गते १५:४३ मा प्रकाशित

काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गत २१ फागुनको चुनाव नाटक मात्रै रहेको बताएका छन् ।

२१ फागुनको चुनावपछि पहिलोपटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी भएका ओलीले चुनाव नाटक मात्रै भए पनि आफूहरूले स्वीकारेको समेत बताएका छन ।

परिणाम आफूहरूले स्वीकारे पनि अन्धविश्वासमा भने नरहेको समेत बताएका छन । ओलीले भने, ‘२१ फागुनको चुनाव नाटक मात्रै थियो । यसको परिणाम पूर्वनिर्धारित थियो ।

हामीले पनि धेरै चुनाव लडेका छौँ । चुनावमा मतदातासँग भेट हुन्छ उम्मेदवारहरूको । तर मतदाताले चिन्दै नचिनेको मानिसले डबल मत ल्याएर चुनाव जित्नु भनेको पूर्वनिर्धारित योजना हो, यो नाटक मात्रै थियो । मतदाताको नङको मसी घर नपुग्दै मेटिएको थियो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us