श्रम संस्कृति छाडेको निनाचन्द्रको घोषणा, हर्क साम्पाङले धरानको मेयर उठाउँछु भनेर ढाँटेको दाबी

काठमाण्डु टुडे २०८३ जेठ २० गते ११:३८ मा प्रकाशित

काठमाण्डू, २० जेठ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ नजिकका सहयोगी निनाचन्द्र राईले पार्टी परित्याग गरेका छन । आज (बुधबार) धरानमा पत्रकार सम्मेलन गर्दै राईले आजबाट श्रम संस्कृति र हर्क साम्पाङसँग सम्बन्ध नरहेको घोषणा गरेका हुन ।

हर्कलाई धरानको मेयर बनाउने अभियानमा उनले सक्रितापूर्वक साथ दिएका थिए । निनाचन्द्रले आफूसहित १०० भन्दा बढीले पार्टी छाडेको समेत बताएका छन । आफूलाई धरानको मेयरको आश्वासन दिइएकोमा धोका दिएको निनाचन्द्रले बताएका छन् ।

हर्कले भावी मेयरमा धनबहादुर राईको नाम घोषणा गरिसकेका छन् । धनबहादुरले ७९ को चुनावमा एमालेबाट वडाध्यक्ष जितेका थिए । हर्कलाई स्वतन्त्र मेयर जिताउन खटेका निनाचन्द्र पार्टी गठनपछि पनि केही समय संगठित भएका थिएनन् ।

स्वतन्त्र रूपमै मेयर लड्ने अभियानमा रहेका उनलाई हर्कले गत वैशाखमा पार्टी प्रवेश गराए । पार्टी प्रवेश गराउँदा मेयर बनाउन आश्वासन दिएर पार्टीमा प्रवेश गराएको निनाचन्द्रले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us