काठमाण्डू, १८ जेठ– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधामन्त्री बालेन शाहले हिजो (आइतबार) संसदमा सीमासम्बन्धी दिएको अभिव्यक्ति गम्भीर र आपत्तिजनक रहेको बताएका छन ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस उपसभापति शर्माले यस्तो बताएका हुन ।
उनले आफ्नै देशको संसद्मा उभिएर मेरो देशले छिमेकीको सीमा मिचिएको छ भन्ने प्रधानमन्त्री बालेन एक्लो भएको पनि टिप्पणी समेत गरे ।
कांग्रेस उपसभापति शर्माले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक छ, संसारको एकमात्र प्रधानमन्त्री जो देशको संसद्मा उभिएर भन्दैछ, मेरो देशले छिमेकीको सिमा मिचेको छ । यस्को मतलब के अब हिसाब बराबर हो ?’