प्रतितोला २ हजार ७ सय रुपैयाँ बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०८३ वैशाख १३ गते १२:४५ मा प्रकाशित

काठमाण्डू, १३ वैशाख– साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन २ लाख ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत आइतबार ३ लाख १ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । यस्तै आज चाँदी पनि बढेको महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । शुक्रबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९९५ रुपैयाँमा पुगेको छ । गत आइतबार चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us