यसरी भत्काइँदै छ मनोहराको सुकुमवासी बस्ती

काठमाण्डु टुडे २०८३ वैशाख १३ गते १२:३५ मा प्रकाशित

काठमाण्डू, १३ वैशाख– भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन सुरु गरीएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी खटाएर बस्ती हटाउन थालिएको हो ।

अहिले डोजर लगाएर घरहरु भत्काउने काम जारी छ । हिजो (शनिबार) भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए ।

त्यसपछि फर्किएको डोजरसहितको टोली आज पुनस् मनोहरा क्षेत्रमा पुगेको हो । शनिबार काठमाण्डूको महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us