काठमाण्डू, १२ वैशाख– सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ ।सुकुमवासी बस्तीबाट हटाइएका वासिन्दालाई सुरुमा रंगशाला लगिने तयारी गरीएको जिल्ला प्रशासन कार्यालय काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन । उनले भने, ‘सुरुमा रंगशाला लगिन्छ ।
त्यहाँ लगेर स्क्रिनिङ गरेपछि बल्ल होल्डिङ सेन्टेरमा लाने तयारी छ’, भुसालले अनलाइनखबरसँग भने । उनका अनुसार अहिले रंगशाला लाने काम पनि भइरहेको छ ।
रंगशाला लगेर को वास्तविक सुकुमवासी हो भन्ने पहिचान भएपछि वास्तविक सुकुमवासीलाई अहिले अस्थायी रुपमा होल्डिङ सेन्टरमा लगेर राखिने बताइएको छ ।