सुकुमवासी बस्ती भत्काउँदा फुट्यो खानेपानीको पाइप

काठमाण्डु टुडे २०८३ वैशाख १२ गते १०:४५ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– काठमाण्डूको थापाथलीस्थित सुकमवासी बस्तीमा स्काभेटर चल्दा खानेपानीको पाइप फुटेपछि बालाजु, माइतीघर र एकान्तकुरा क्षेत्रमा खोनेपानी आपूर्ति अवरूद्ध हुने भएको छ ।

सुकुमवासी बस्तीमा फुटेको खानेपानी पाइप मर्मतका लागि खानेपानी आपूर्ति बन्द गर्नुपर्ने भएका कारण बालाजु, माइतीघर र एकान्तकुरा क्षेत्रमा खोनेपानी आपूर्ति अवरूद्ध हुने भएको काठमाण्डू उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिएका छन ।

फुटेको खानेपानी पाइप मर्मतका लागि तीन ठाउँमा बालाजु, माइतीघर र एकान्तकुरामा ‘भल्भ’ बन्द गर्न लागिएको उनले जानकारी दिए ।‘मर्मतका लागि भल्भहरू बन्द गर्नुपर्छ ।

हामी बालाजु, माइतीघर र एकान्तकुनामा भल्भहरू बन्द गर्दैछौं,’ उनले अनलाइनखबरसँग भने, ‘डिस्ट्रिव्युसन (वितरण) केही समयका लागि डिस्टर्भ (अवरूद्ध) हुन्छ ।’मर्मतका लागि कति समय लाग्छ भन्ने बारेमा यकीन भन्न नसकिने खानेपानी लिमिटेडले जनाएको छ ।

‘क्षति कस्तो भएको छ, हेर्नुपर्छ । हाम्रो टोली गइसकेको छ,’ प्रवक्ता राईले भने, ‘टोलीले खबर गरेपछि मर्मतका लागि कति समय लाग्छ भन्ने कुरा थाहा हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us