हङकङका महावाणिज्यदूत लेखकलाई सरकारले बोलायो फिर्ता

काठमाण्डु टुडे २०८३ वैशाख ११ गते १६:३१ मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत डा. लेखकलाई फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन ।

साथै, उनलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउनेगरी फिर्ता बोलाउने निर्णय भएको पनि जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us