थापाथली पुगे श्रम संस्कृतिका सांसद आरेन राई, भनेः सुकुमवासीको पक्षमा हामी हुनेछौं

काठमाण्डु टुडे २०८३ वैशाख ११ गते १५:२१ मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– श्रम संस्कृति पार्टीका सांसद आरेन राई काठमाण्डूको थापाथलीस्थित सुकुमवासी बस्तीमा पुगेका छन । सरकारले थापाथलीमा बसेका सुकुमवासी बस्ती हटाउने तयारी गरिरहेको समयमा सांसद राई आज (शुक्रबार) सुकुमवासी बस्ती पुगेका हुन् ।

सरकारले बिना विकल्प आफूहरूलाई हटाउन खोजेको भन्दै सुकुमवासीहरूले प्रदर्शन गरिरहेको समयमा सांसद राई थापाथली पुगेका हुन् । थापाथलीमा रहेका सुकुमवासी बस्तीको अवलोकन गर्न पुगेका सांसद राईले भने, ‘सुकुमवासीको पक्षमा हामी हुनेछौं ।

हाम्रो पार्टी हुनेछ । अरू पार्टीको जिम्मा लिन सकिन्नँ । म सधैं सुकुमवासीको हकका लागि बोलिरहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us